News

Aug 31, 2008

मन्त्रीहरुको घोषणा बेलुकासम्म हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले महासचिव झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ १४ गते बेलुकासम्म नयाँ मन्त्रीहरुको नाम घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै पूर्ण सरकारको घोषणा गर्ने भएका छन् । भदौ १४ गते दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग करिब एक घण्टा लामो भेटपछि एमाले महासचिव झलनाथ खनालले संचारकर्मीहरुलाई यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीसँग छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनलागेका पार्टीका अर्का नेता बामदेव गौतमसँग खनाल त्यहाँ गएका थिए । एमाले महासचिव खनालले भदौ १५ गते सबै मन्त्रीहरुको सपथग्रहण हुने जानकारी दिए । पूर्ण सरकारमा तीन जना उपप्रधानमन्त्री हुने तथा बामदेव पहिलो उपप्रधानमन्त्री हुने पनि उनले बताए । संचारकर्मीहरुको एक प्रश्नको उत्तरमा खनालले अर्थमन्त्री डा. बाबुराम भट्टराईले पनि बामदेवलाई पहिलो उपप्रधानमन्त्री बनाउन स्विकारिसकेको दावी गरे । बामदेवलाई सरकारमा प्रधानमन्त्रीपछिको वरियता दिन बाबुरामले अस्विकार गरेका कारण भदौ १३ गते सरकारले पूर्णता पाउनसकेको थिएन ।

No comments: