News

Aug 28, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको अन्तरक्रिया सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
२४ अगष्ट २००८ को दिन लिम्वुवान राष्ट्रिय मोर्चाले "लिम्वुवान स्वायत्त राज्य स्थापनामा चुनौतीहरु र हाम्रो अवधारणा" विषयक शिर्षमा एक अन्तरक्रिया सम्पन्न गरेको छ ।छलफलमा सहभागीहरुले लिम्वुवान स्वायत्त राज्य स्थापनामा धेरै चुनौतीहरु आएको र ती चुनौतीहरुलाई समाधान गर्दै आफ्नो मूल्य र मान्यताको लागि सदैव विचलित नभई अगाडि वढ्नु पर्ने वताएका थिए ।मोर्चाको महासचिव अविचन्द्र इङनामले चुनौतीका विषयहरुवारे जानकारी गराउनुभएको थियो । यसमा मूख्य गरेर मोर्चाले निक्र्यौल गरेको चुनौतीहरुमा लिम्वुवानको अन्य पार्टी आवद्ध नेताहरु संग लिम्वुवानको वारेमा खुलेर कुरा गर्ने हिम्मत नहुन, त्यसतै लिम्वुवानको राजनैतिक सुझबुझ राख्ने हौं भन्ने बिभिन्न पार्टी कार्यकर्ताहरुले पनि नया" नेपालको सम्रचनामा ऐतिहासिक तथ्य तथा लिम्वुवानमा निकट भविष्यमा हुनसक्ने द्वन्द्वको निराकरणमा भन्दा आफ्नो पार्टी प्रति अन्धोभक्त र पार्टी पिछलग्गु बन्नु, माओवादी र एमालेवाट पनि लिम्वुवानको सिमानालाई मिचेर मात्र लिम्वुवानको खाका प्रस्तुत गर्नु तथा ती पार्टीको लिम्वुवान प्रति सकारात्मक भावनात्मकता नहुनु, लिम्वुवानवासीहरु पूर्ण रुपमा सचेत भैनसक्नु आदि कुराहरु उल्लेख गरिएको थियो ।
यसको समाधानमा ती पार्टीलाई लिम्वुवानवारे राम्ररी जानकारी गराउनुपर्छ भन्ने सुझाव राज कुमार फोम्वोवाट आएको थियो । त्यस्तै जस्तोसुकै परिस्थीती आईपरेमा पनि हामीले विना ऐतिहासिक तथ्यको लिम्वुवान स्वीकार्नु नहुने विचार नर कुमारी यक्सो (आङवुहाङ) वाट आएको थियो । छलफलमा उत्तरमान लिम्वु, अमन सोदेम्वा, नवराज काम्वाङ आदिले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुरेश सुव्वाले गर्नुभएको थियो ।
छलफलमा आएका कुराहरुलाई समेट्दै लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले कार्यक्रम समापनको क्रममा अहिलेको वर्तमान स्थिती भनेको लिम्वुवानको लागि संक्रमणकालिन स्थिती हो । यो स्थितीमा हामी लिम्वुवान चाहनेहरुले लिम्वुवानको सिमा क्षेत्रको वारेमा कसैले पनि मनगढन्ते तथा सतही ढंगले नलिईदिन आग्रह गर्दै लिम्वुवान स्वायत्त राज्यको स्थापनको लागि अहिले देखिएका पार्टी जो लिम्वुवानको कुराहरु ल्याईरहेका छन्-उनीहरुलाई लिम्वुवानको वारेमा राम्ररी जानकारी गराउदै लैजाने, त्यस सवालमा विभिन्न संगठनहरुलाई स्मरण पत्र, सुझाव पत्र तथा दस्तावेजहरु प्रदान गर्ने तथा संयुक्त मोर्चावन्दी गर्दै सडक तथा सदन आन्दोलन गर्ने, लिम्वुवानवासीहरुमा जनजागरण अभियान अझ त्रि्र वनाउदै लैजाने अवधारणा प्रस्तुत गर्नुभएको थियो । यदि ती चरणहरु पार गर्दा पनि स्थिती सकारात्मक नभए साम दाम दंडभेदको माध्यम अपनाएर पनि लिम्वुवान राज्य स्थापना गराएरै छोड्ने उद्घोष गर्नुभएको थियो ।
त्यस्तै छलफलवाट भर्खरै लिम्वुवान सुनसरीको कुशाह क्षेत्रमा भएको सप्तकोशीको वांध फुटी डुवान अर्थात वाढी पिडितहरुलाई आर्थिक राहत संकलन गर्ने पनि वुझिएको छ ।

No comments: