News

Aug 27, 2008

बाढी प्रभावित क्षेत्रमा उपराष्ट्रपतिद्वारा भ्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको तटबन्ध भत्केर गाउँ छिरेपछि भएको क्षतिको अवस्था अनि विस्थापितहरुको अवस्थाबारे बुझ्न आज बुधबार उपराष्ट्रपति परमानन्द झाले सुनसरी र सप्तरीको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रको हवाइ तथा स्थलगत अवलोकन गर्नुभयो । सेनाको हेलिकप्टरबाट पुग्नुभएका झाले स्थानीय सरकारी अधिकारीहरु अनि बाढीबाट विस्थापितहरुसित कुराकानी गर्नुभयो ।यसअघि राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि मन्त्रीहरुका साथै सरकारी उच्च धिकारीहरुले बाढी प्रभावित क्षेत्रको भ्रमण गरिसकेका छन् । कोसीको बाढीले विस्थापित ४० हजारभन्दा बढीलाई विभिन्न शिविरमा राखेर राहत उपलब्ध गराउने कार्य भइरहेको छ ।

No comments: