News

Aug 19, 2008

प्रचलनलाई तोड्दै प्रधानमन्त्री चीन जानुहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला दक्षिणको मित्रराष्ट्र भारतको भ्रमण गर्ने प्रचलनलाई तोड्दै प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार उत्तरतर्फ मित्रराष्ट्र चीन जानुहुने भएको छ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका लागि चीनका राजदूत झेङ सिङ्लिङले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटी बेइजिङमा सञ्चालित २९औं गृष्मकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन निमन्त्रणा दिनुभएको थियो। नेकपा (माओवादी) को सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री प्रचण्डको नामलाई स्वीकृत गरेपछि उहाँ प्रधानमन्त्रीको रूपमा पहिलो विदेश भ्रमण गर्न चीनतर्फजाने हुनुभएको हो।चीनले ओलम्पिकको उद्घाटन समारोहमा नेपालको राष्ट्राध्यक्ष वा सरकारप्रमुखमध्ये एकलाई निमन्त्रणा गरे पनि विकसित राजनीतिक घटनाक्रममा कारण राष्ट्राध्यक्ष र सरकारप्रमुख दुवैले सो समारोहमा भाग लिएका थिएनन्।प्रधानमन्त्री प्रचण्डले ओलम्पिकको समापन समारोहमा उपस्थित हुने विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई एवम् चीनका राष्ट्र्रपति हु जिन्ताओ र प्रधानमन्त्री बेन जियाबाओलाई समेत भेट्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ।

No comments: