News

Aug 29, 2008

थप मन्त्री चयनका लागि माओवादी छलफलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो भागमा परेको मन्त्रालयमा नियुक्त हुन बाँकी मन्त्रीहरुको नाम चयन गर्न सत्तारुढ प्रमुख घटक नेकपा माओवादी छलफलमा व्यस्त भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको सचिवालय वैठक शुक्रबार जारी रहेको छ । सरकारमा माओवादीका नौ मन्त्रीको भागबण्डा गठबन्धनकारी दलले गरेका छन् । तीमध्ये अब पाँच मन्त्री चयन गर्न बाँकी रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार आफ्ना पार्टीका चार अनि मधेसी जनअधिकार फोरमका चार गरी आठजना मन्त्रीलाई सपथग्रहण गराउनुभएको थियो । मर्यादाक्रममा विवाद भएपछि गठबन्धनकारी अर्को दल एमालेका प्रस्तावित मन्त्रीहरुले सपथ लिएका थिएनन् । अब मर्यादाक्रमको विवाद समाप्त भएपछि एमालेका मन्त्रीहरु पनि आजै मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् ।

No comments: