News

Aug 19, 2008

निःशस्त्रीकरण केन्द्र उद्घाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एसिया र प्रशान्तक्षेत्र हेर्ने राष्ट्रसंघीय शान्ति तथा निःशस्त्रीकरण केन्द्र सोमबारबाट ललितपुरमा पुनः स्थापना गरी सञ्चालनमा ल्याइएको छ। राष्ट्रसंघका उपमहासचिव विजय नाम्बिआर र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संयुक्त रूपमा सोमबार एक कार्यक्रमबीच सो केन्द्रको उद्घाटन गर्नुभएको थियो।यसअघि सो केन्द्रको कार्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको कार्यालयबाट सञ्चालन गरिँदै आइएको थियो। सोमबारबाट सो केन्द्रले ललितपुरस्थित राष्ट्रसंघको कार्यालयअगाडि रहेको आŠनो भवनबाट कार्य प्रारम्भ गरेको छ।यस केन्द्रले एसिया प्रशान्त क्षेत्रका ४३ वटा आफना सदस्य राष्ट्रमा शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी सेवा प्रदान गर्ने जनाइएको छ।लामो पर्खाइपछि केन्द्रको स्थापना नेपालमा गर्न सम्भव भएको जनाउँदै उद्घाटन कार्यक्रमपश्चात् राष्ट्रसंघका उपमहासचिव नाम्बिआरले सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रको स्थापना नेपालमा हुनु सुनौलो अवसर’ भएको बताउनुभयो।नेपालको ऐतिहासिक घडीमा यस केन्द्रको स्थापनाले नेपालको जारी शान्ति प्रक्रियालाई थप उचाइमा पुर्याउने दाबी नाम्बिआरको थियो।एसिया प्रशान्त क्षेत्रका देशमा शान्ति तथा निःशस्त्रीकरणलाई सघाउने उद्देश्यले सन् १९८७ मा राष्ट्रसंघको साधारणसभाले गरेको निर्णया अनुसार केन्द्रको स्थापना सोही वर्षगरिएको थियो।

No comments: