News

Aug 15, 2008

शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपालले बिहीबार मन्त्री पदबाट बिदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ ओलम्पिकमा विवादास्पद सहभागिता जनाएर फर्किएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपालले बिहीबार मन्त्री पदबाट बिदा लिएका छन्। मन्त्री पद छोड्नु केही समयअघि मात्र शिक्षा सचिवमार्फ जानकारी गराएर मन्त्री नेपालले बिदा लिएका हुन्।मन्त्री नेपाललाई बिहीबार मन्त्रालयमै मन्त्रालयअर्न्तर्गतका विभागीय प्रमुखले एक समारोहका बीच बिदाइ गरेका थिए।चौतर्फी आलोचनाका बाबजुद बेइजिङ ओलम्पिकमा सहभागी भएबापत मन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नुका साथै आफ्नो पार्टी नेकपा (एमाले) स्थायी कमिटीले समेत स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। यसकै कारण मन्त्री नेपाल अकस्मात् स्वदेश फर्किएका थिए।तथापि यसअघि नै राजीनामा दिइसकेका मन्त्री नेपाल मन्त्रालयमा जान छाडिसकेका थिए। ठूला र्सार्वजनिक समारोहमा भाग लिने तर मन्त्रालय नजाने प्रवृत्तिका कारण मन्त्रालयका अधिकांश काम अलपत्र भएका थिए।मन्त्री नेपालले बिदा लिनुअघि बिहीबारै खेलकुदका १० सहित करिब १ सय ५० शिक्षासेवी, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार र उत्कृष्ट कर्मचारीलाई राष्ट्रिय शिक्षा पदक, पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए।उपत्यकाका पुरस्कृतहरूलाई मात्र पुरस्कार दिने निर्णय गरे पनि क्षेत्रीय शिक्षा निर्देशनालयले मध्यमाञ्चलभरिका करिब ३ सयलाई बोलाएपछि पुरस्कार वितरणस्थल अस्तव्यस्त देखिएको थियो।मन्त्रालयकै लापरबाहीका कारण पुरस्कार वितरण समारोह अस्तव्यस्त भएपछि मन्त्री र शिक्षा सचिवले समेत माफी मागेका थिए। मन्त्रालयले सबै पुरस्कार शिक्षा दिवसका दिन भदौ २३ गते दिने तयारी गरेको थियो।बिदाइ समारोहमा बोल्दै मन्त्री नेपालले आफ्नो कार्यकालमा भए गरेका क्रियाकलाप बताएका थिए।समुदायमा विद्यालय हस्तान्तरण शिक्षानीति परिवर्तनलगायत विषय आफ्नो कार्यकालमा उल्लेख्य रहेको दाबी उनले गरे।बिदाइ समारोहमा शिक्षा सचिव बालानन्द पौडेल, खेलकुद सचिव शंकरप्रसाद पाण्डेलगायतले मन्त्री नेपालको योगदानको प्रशंसा गरेका थिए।

No comments: