News

Aug 22, 2008

माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीपछि दोश्रो मर्यादामा आफ्नो मन्त्री हुनुपर्ने अडान राख्दै एमालेले आफूले मन्त्रीमा सिफारिश गरेकाहरुले सपथ नखाने अडान राखेपछि माओवादी र फोरमका आठ मन्त्रीहरुले मात्र सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चीन जानुभन्दा अघिल्लो दिन आठ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । भदौ ६ गते बेलुका सवा ६ बजे राष्ट्रपतिको कार्यलय शितलनिवासमा सपथ खाने मन्त्रीहरुमा ४ जना माओवादीका र ४ जना फोरमका छन् । ६ मन्त्रालय पाएको एमालेले मन्त्री परिषदमा दोश्रो मर्यादा नपाएको भन्दै सपथमा सहभागि भएन । एमालेले बामदेव गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने सिफारिश गरेको थियो तथा गौतमलाई प्रधानमन्त्रीपछिको मर्यादामा राखिनुपर्ने अडान राखेको छ । सपथ खाने मन्त्रीहरुमा अर्थमन्त्री डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री उपेन्द्र यादव, रक्षामन्त्री रामबहादुर थापा बादल, आवास तथा भौतिक योजना मन्त्री बिजयकुमार गच्छेदार, संचारमन्त्री कृष्णबहादुर महरा, कृषि मन्त्री जयप्रकाश गुप्ता, न्याय मन्त्री देव गुरुङ र शिक्षा मन्त्री रेणु यादव छन् ।

No comments: