News

Sep 22, 2008

अग्निशिखाको आइतबार राति हृदयाघातबाट निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रगतिशील साहित्यकार एवं पत्रकार अग्निशिखाको आइतबार राति हृदयाघातबाट निधन भएको छ । ५४ वर्षीय उहाँको खास नाम सुकदेव नेपाल भए पनि पञ्चायतकालीन भूमिगत नाम अग्निशिखाबाटै परिचित हुनुहुन्थ्यो । राजधानीको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उहाँको निधन भएको हो । उहाँका श्रीमती, छोरा एक र छोरी एक छन् । उहाँका थुप्रै कविता र नाटक प्रकाशित छन् । उहाँ अहिले विश्वका मुलुकमा कसरी गणतन्त्र आयो भन्ने पुस्तक तयार गर्दै हुनुहुन्थ्यो । अग्निशिखा नेकपा एमालेका प्रचार विभागका सदस्य पनि हुनुहुन्थ्यो ।

No comments: