News

Sep 24, 2008

बार अध्यक्ष मैनालीमाथि गरिएको कारवाही फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको पूर्ण बैठकले नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीमाथि गरिएको कारवाही फिर्ता लिएको छ । यो निर्णयसँगै बार र बेन्चबीचको विवाद अन्त भएको छ । सहमतिपछि बार एशोसिएसनले गरेको आन्दोलन स्थागित गरेको छ । देशभरका कानुन व्यवसायीहरुले अदालतहरुमा बहस पैरवी बहिस्कार गर्दै आएका थिए ।सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना र बारका महासचिव रमनकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेर विवाद अन्त भएको घोषणा गर्नुभएको हो । बार अध्यक्ष मैनालीले गत भदौ ३१ गते आयोजित एक कार्यक्रममा बोलेको कुराले न्यापालिका र न्यायाधीशमाथि वितृष्णा र अपमान भएको भनी सर्वोच्च अदालतको पूर्ण बैठकले मैनालीलाई छ महिनासम्म कुनै पनि अदालतमा बहस गर्न नपाउनेगरी बन्देज लगाएको थियो ।सर्वोच्च अदालतको उक्त निर्णयपछि वारका पदाधिकारी सर्वोच्चको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत, गैरसंवैधानिक र त्रुटिपूर्ण रहेकाले अविलम्ब फिर्ता लिनुपर्ने माग राखी बहससमेत बहिष्कार गर्दै शुक्रबारदेखि विरोधमा उत्रिएका थिए ।

No comments: