News

Sep 23, 2008

बाढीबाट प्रभावितहरू शनिबारदेखि नै भोकभोकै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुदूर पश्चिमाञ्चलमा आएको बाढीबाट प्रभावित मानिसलाई उचित राहत सामग्री समयमै नपुग्दा उनीहरू गत शनिबारदेखि नै भोकभोकै परेका छन्। बाढीबाट त्यस क्षेत्रमा कुल २९ जनाको मृत्यु भएको जनाइएको छ। कञ्चनपुरको दोधारा गाविसमा थप दुइ र कालिका गाविसमा थप एक जनाको शव फेला परेको छ। पछिल्लो समयमा तीन जनाको शव भेटिएपछि कञ्चनपुरमा निधन हुनेको संख्या ११ पुगेको छ। सोमबार शव भेटिएकामा दोधारा-८ का चार वषीय खगेन्द्र सार्की र तीन वर्षी पूजा सार्की रहेका छन्।यसै गरी कालिका-२ का २६ वर्षीय अनुप लामाको समेत शव भेटिएको छ। जिल्लाको श्रीपुर गाविसका दुइ र शंकरपुरका एक जना अझै बेपत्ता रहेका छन्।श्रममन्त्री लेखराज भट्टसहित सुदूरपश्चिमका सभासद्हरूले सोमबार बाढीग्रस्त क्षेत्रको भ्रमण गरी बाढीपीडितलाई ९० लाख रुपियाँ दिने सरकारले निर्णयगरेको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विस्थापित परिवारको संख्या १५ हजार पुगेको सोमबार जनाए पनि यो संख्या वृद्धि हुने आशंका गरिएको छ। सोमबारदेखि पानीको सतह घटे पनि बाढीग्रस्त क्षेत्रमा बिजुली बत्ती र सञ्चार सर्म्पर्कविच्छेदको अवस्था रहेको छ।यस्तै कैलालीमा बाढीबाट १० हजार परिवार विस्थापित भएका छन्। कैलालीको झम्सिङपुर र लालबोझी गाविसबाट सेनाको हेलिकोप्टरले सोमबार डेढ सय मानिसलाई उद्धार गरेको छ। अझै पनि त्यस क्षेत्रमा झन्डै त्यति नै संख्यामा मानिसहरू अलपत्र परिरहेको आशंका गरिएको छ।कैलालीका विस्थापितलाई १५ वटा शिविरमा राखिएको छ भने उनीहरूलाई भने सोमबार नै खाद्यान्नसमेत उपलब्ध गराइएको छ। सञ्चार र बिजुलीमा भने ग्रामीण क्षेत्रमा अवरोध उत्पन्न भएको छ।यस्तै क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका अनुसार डोटीमा पहिरोबाट एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। बाढीपहिरोका कारण बझाङमा तीन जना तथा दार्चुला र डँडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ। कैलालीमा दुइ र डोटीमा एक गरी पाँच जना अझै बेपत्ता रहेको जनाइएको छ।यात्रुको बिचल्लीउता डँडेलधुरा संवाददाताका अनुसार अविरल बर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि हजारौं यात्रु सडकमै अलपत्र परेका छन्।शुक्रबार रातिदेखिको बर्षाका कारण भीमदत्त राजमार्ग र दशरथचन्द्र राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरू यसरी बाटोमै अलपत्र परेका हुन्। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सयौं सवारीसाधनको आवागमन पूणतया ठप्प भएको छ भने यात्रुहरूले भोकभोकै सडकमा रात बिताउनुपरेको छ।आफूहरूले तयारी खाजासमेत नपाएको र बर्षाका कारण चिसोले अलपत्र परेका बालबालिका तथा वृद्धहरूमा रुघाखोकी र ज्वरोको समस्या देखिन थालेको यात्रुहरूले जनाएका छन्। डँडेलधुरामा पनि फोन र बिजुलीमा अवरोध आएको छ।

No comments: