News

Sep 23, 2008

सरकारले ७५ जना नेपालीलाई कोरिया पठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले कोरियामा कामदारका लागि छनोट भएकामध्ये ७५ जना नेपालीलाई कोरिया पठाएको छ । यसअघि विभिन्न चरण गरी २८९ जना नेपाली कामदारलाई कोरिया पठाइएको श्रम तथा रोजगार प्रवर्द्धन विभागअन्तर्गत इपिएस शाखाले जनाएको छ ।यस्तै प्रारम्भिक छनोटमा छनोट भएकामध्ये एक हजार १०१ जना नेपाली कामदारका लागि अभिमुखीकरण तालिम प्रदान गरिएको शाखा प्रमुख लक्ष्मीशरण उपाध्यायले बताउनुभयो । साथै शाखाले भिसा टिकटलगायत अन्तिम प्रक्रियामा पुगेका सयजना नेपाली कामदारलाई असोज १२ गते कोरिया पठाउने तयारी गरिरहेको पनि जनाइएको छ ।

No comments: