News

Sep 25, 2008

परराष्ट्रमन्त्री राष्ट्रसंघ ६३ औँ महासभामा भाग लिन न्यूयोर्कतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघको ६३ औँ साधारणसभामा भाग लिने सिलसिलामा बिहीबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले साधारणसभाका साथै भूपरिवेष्ठित देशहरूका आवश्यकतासम्बन्धी मध्यावधि समीक्षा बैठकमा पनि भाग लिनुहुनेछ । साथै गत वर्षहरूमा जस्तै परराष्ट्र मन्त्रीले सार्क मन्त्री परिषद्को अनौपचारिक बैठकमा पनि भाग लिनुहुनेछ । न्यूयोर्क जानेक्रममा उहाँले कोपेनहेगनमा डेनमार्कका परराष्ट्रमन्त्रीसँग पनि भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले कोपनहेगनमा रहँदा नेपाली राजदूतावासको औपचारिक उद्घाटन गर्नुहुनेछ । डेनमार्कमा नेपालले सन् २००७ जुनदेखि राजदूतावास सञ्चालन गर्दैआएको छ । परराष्ट्रमन्त्री असोज २५ गते स्वदेश फर्कने जनाइएको छ ।

No comments: