News

Sep 29, 2008

हवाइ टिकट दसैंसम्मलाई सकियो, यात्रु समस्यामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुका महान चाड दसैंको पूर्वसन्ध्यामा कामका सिलसिलामा विभिन्न स्थानमा रहेकाहरुलाई घर पुग्न हतारो भए पनि जाने माध्यमका कारण समस्या पर्ने भएको छ । गत भदौ २ गते कोसी नदीको बाढीले तटबन्ध भत्किएपछि राजमार्ग क्षतिग्स्त भएको छ । यसले उक्त मार्ग भएर पश्चिम नेपालसँग पूर्वको सम्पर्क नै टुटेको छ ।यसक्रममा पूर्वबाट राजधानी लगायत पश्चिम जाने अनि उताबार पूर्व जानेहरुले हवाइ मार्ग प्रयोग गरिरहेका छन् । दसैंका लागि लामो समयसम्म हवाइ टिकट पनि बुक भइसकेकाले धेरै यात्रुहरु दसैंमा घर जान नपाउने भएका छन् । कतिपय यात्रुहरु भारतीय बाटो भएर आउजाउ गरिरहेका छन् ।हवाइ टिकट अहिलेदेखि नै पाइन छाडेको छ । यती एयरवेज, बुद्ध एयर र नेपाल वायुसेवा निगमका जहाजहरुको टिकट दसैंसम्मका लागि बिक्री भइसकेको छ । जहाजहरुमा पूर्वका भद्रपुर र विराटनगरका लागि टिकट लिने यात्रुहरुको चाप बढी रहेको हवाइ कम्पनीहरुले जनाएका छन् ।सामान्य दिनमा भन्दा जहाज थपेर हवाइ कम्पनीहरुले उडान भरिरहेको भए पनि टिकट अभावले यात्रुहरु समस्यामा परिरहेका छन् । मकालु ट्राभल्सका नवीनकुमार शर्माका अनुसार दसैंसम्मका लागि टिकट बिक्री भइसकेको छ । उहाँले दसैंमा आउनेमात्र नभइ फर्कने टिकट पाउन पनि समस्या पर्ने एनकेडटकमलाई जानकारी दिनुभयो ।

No comments: