News

Sep 27, 2008

प्रतिपक्षीको अवरोधले संसद वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा व्यवस्थापिका-संसदको शनिबारको बैठक पनि नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलको नाराबाजी र अवरोधका कारण स्थगित भएको छ । प्रतिपक्षी दलका सुझावलाई पनि बजेटमै समेटी छलफलमा ल्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलले नाराबाजी गरी रोस्ट्रम घेराउ गरेपछि सभाध्यक्षले सदनको कारबाही स्थगित गर्नुभएको थियो । अर्थमन्त्री डा. बाबुराम भट्टराइले आर्थिक वर्ष २०६५-०६६ को बजेटमा प्रतिपक्षी दलहरुका सुझाव समेटिने बताउनुभएको थियो । संसदको शनिबारको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०६५ को शिक्षा, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन, सामान्य प्रशासन, युवा तथा खेलकुद र वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको कार्यक्रमलाई छलफलका लागि सभामुखले आगामी कात्तिक ४ गते सोमबारका लागि तोक्नुभएको छ ।बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पेस्की खर्च विधेयक २०६५ प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो । संविधानसभा व्यवस्थापिका-संसदको अर्को बैठक आइतबार बस्नेछ ।

No comments: