News

Sep 24, 2008

सगरमाथामा स्काइ डाइभिङ खेल गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथामा स्काइ डाइभिङ खेल गरिने भएको छ । प्यारासुट लगाएर जहाजबाट तल झर्ने साहसिक यो खेलका लागि विश्व
च्याम्पियनहरुसहितको ४५ जनाभन्दा बढीको टोली नेपाल आएको छ । टोलीमा विश्वविख्यात स्काइ डाइभर बेलायती नागरिक रेयाम ज्याक्सन समेत रहेका छन् । उनी पेसाले चिकित्सक भए पनि स्काइ डाइभिङ गरी सगरमाथा र आसपासका हिमालय क्षेत्रलाई अवलोकन गर्ने अठोटमा छन् ।उक्त खेलमा सहभागी हुने टोलीमा बेलायती लिगेल गिफोर्ड, साउदी मूलका अमेरिकी च्याम्पियन ओमार अल्हेगेलेन, न्युलिल्यान्डकी महिला बेन्डी स्मिथ लगायत रहेका छन् । टोलीमा समावेश मध्ये केही विज्ञहरुको टोली लुक्ला पुगिसकेको आयोजकले जनाएका छन् । स्क्स्प्लोर हिमालय एडभेन्चरको आयोजनामा खेल हुन लागेको हो । खेल असोज १६ गतेदेखि २१ गतसम्म सञ्चालन हुने जनाइएको छ ।

No comments: