News

Sep 25, 2008

इराकमा सयौं नेपालीहरुको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि विदेश लगिदिने भन्दै सकारले प्रतिवन्ध लगाएको खाडी मुलुक इराक पुर्‍याउने क्रम रोकिएको छैन । पटक पटक इराकमा सयौं नेपालीहरुको
बिचल्ली अवस्था हुने गरेको समाचार सार्वजनिक हुने गरे पनि यो क्रम रोकिएको छैन । अन्यत्रै रोजगारीका लागि लगिदिने भनेर झुक्याएर इराक पुर्‍याउन सक्रियहरुले नेपाली कामदारहरुलाई बिचल्लीमा पार्ने गरेको पाइएको छ ।पछिल्लो समाचार अनुसार इराकको राजधानी बगदादस्थित साटको होटल नजिक अनि आसपास क्षेत्रमा करिब दुइसय नेपाली कामदार बिचल्ली अवस्थामा रहेका छन् । तीमध्ये कतिपय जन्डिस र ज्वरोले सिकिस्त परेको समाचार सार्वजनिक भएको छ । बगदाद विमानस्थलनजिकको एक सुरक्षा निकायमा कार्यरत सुनरीका कुमारजंग कार्कीले त्यहाँ नेपालीहरुको बिचल्ली भएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।इराकमै रहेका झापाको गौरादहका एजेन्ट नगेन्द्र पुरीमार्फत एजेन्टलाई २ लाख २० हजारसम्म तिरेर नेपालीहरु त्यहाँ पुगेको जनाइएको छ । त्यहाँ बिचल्लीमा पर्नेहरुमा ललितपुर, धनुषा, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका नेपाली युवा रहेको जनाइएको छ । सडक किनार अनि ठूलो कन्टेनरका आडमा भोकभोकै रोगसँग जुधेर उनीहरु बसिरहेको जनाइएको छ ।

No comments: