News

Sep 30, 2008

सरकार ढाल्न आफू नलाग्ने - गिरिजाप्रसाद कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेस वर्तमान सरकार ढाल्न लागेको माओवादी नेताहरुको आरोपको जवाफ दिदै निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकार ढाल्न आफू नलाग्ने बताएका छन्।
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफू सरकार ढाल्न नलागेको स्पष्टिकरण दिएका छन् । दशैंको अवशरमा पार्टीको भात्रृ संगठन नेपाल दलित संघले असोज १४ गते पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै कोइरालाले भने, 'म आफैं ढल्न लागेको मानिसले सरकार ढाल्न प्रयास के गर्थें र ?' कार्यक्रममा उनले प्रजातन्त्र जोगाउन भने आफू जिवनभरी प्रतिबद्ध रहने स्पष्ट पारे ।
अमेरिकाबाट स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेसलाई पनि सहमति ल्याउन प्रयास गरिने भनाईको प्रतिक्रिया दिदै कार्यक्रममा कोइरालाले आफूहरुलाई माओवादीले अपमानित गरिसकेका कारण सरकार अब सहभागि नहुने जानकारी दिए । प्रतिपक्षमा बसे पनि नेपाली कांग्रेसको हरेक ठाउँमा उपस्थिति देखिनुपर्नेमा जोड दिदै कोइरालाले संविधान बनाउन आफ्नो पार्टीको सहयोगि भूमिका रहने उल्लेख गरे ।

No comments: