News

Sep 28, 2008

एक दशकभित्र संसारकै एक सुन्दर मुलुक नेपाल - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई आगामी एक दशकभित्र संसारकै एक सुन्दर मुलुकका रुपमा स्थापना गर्ने दाबी गर्नुभएको छ । ऐतिहासिक राजीतिक परिवर्तनपछि अब नेपाल नयाँ दिशामा उन्मुख भएको भन्दै उहाँले यसका लागि आर्थिक सहयोग वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।न्यूयोर्कमा इन्डिया चाइना इन्सटिच्युटले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । आगामी दश वर्षभित्र नेपाललाई विश्वकै सुन्दर बनाउने लक्ष रहेकाले यो अभियानमा सघाउने उहाँले आह्वान गर्नुभयो । छलफल कार्यक्रममा सहभागी नेपाली र विदेशी विद्यार्थीहरुले नयाँ नेपाल निर्माणमा माओवादीको दृष्टिकोण के कस्तो हो भन्ने जिज्ञासाहरु राखेका थिए ।उनीहरुको जिज्ञासाको जवाफ दिंदै प्रधानमन्त्री दाहालले आउँदो पाँच वर्षभित्र जनताले विकासको अनुभूति ग्न पाउने दाबी समेत गर्नुभयो । विविधता र प्राकृतिक स्रोतले सम्पन्न भएकाले नेपालका आगामी दिनमा विकासको गति तीव्र पारिने उहाँले उल्लेख गर्नुभयो । विश्वका जुनसुकै कुनामा बसेको भए पनि नेपालीहरुले आफ्नो देशको विकासका लागि आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गर्न सक्ने बताउनुभयो ।

No comments: