News

Sep 24, 2008

भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२१ औं स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२१ औं स्थानमा परेको छ । भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वभर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांमा विश्वका १८० मुलुकमध्ये नेपाल
१२१ औं स्थानमा रहेको जनाइएको हो । सन् २००७ मा दुइ दशमलव पाँच अंक प्राप्त गरी १३१औँ स्थानमा पुगेको नेपालले यस वर्ष भने दुइ दशमलव सात अंक प्राप्त गरी भ्रष्टाचार नियन्त्रणमा केही प्रगति देखिएको छ । भ्रष्टाचारको मापनमा शून्यदेखि दश अंक प्रयोग गरिने र जसमा अत्रि्रष्ट मुलुकले सुन्ना र अति स्वच्छ मुलुकले दश अंक प्राप्त गर्छन् भने तीन दशमलव सुन्नाभन्दा कम अंक पाउने मुलुकलाई भ्रष्टाचारव्याप्त मुलुकमा गणना गरिँदै आएको छ । नेपालले सन् २००४ मा दुइ दशमलव आठ, सन् २००५ देखि २००७ सम्म दुइ दशमलव पाँच र यस वर्ष भने दुइ दशमलव सात अंक प्राप्त गरेको हो । एसियाली विकास बैंक, वर्ल्सट्सम्यान फाउन्डेसन, विश्व बैंक, मर्चेन्ट गु्रप, ग्लोबल इन्साइट र डब्लुइएफले गरेको सर्भेक्षणका आधारमा नेपालले सो अंक प्राप्त गरेको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले सर्वेक्षणमा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, भ्रष्टाचारको मात्रा, भ्रष्टाचारविरोधी कारबाही तथा उपलव्धि, स्वार्थको द्वन्द्व, सरकारी कामकारबाही, राजनीतिक भ्रष्टाचारलगायतका विषयमा भएको अनियमितताबारे अध्ययन भएको जनाएको छ । यस वर्षको सूचीमा डेनमार्क, न्युजिल्याण्ड र स्विडेन नौ दशमलव तीन अंक प्राप्त गरी सबैभन्दा स्वच्छ मुलुकको श्रेणीमा रहेका, एसियाली राष्ट्र सिङ्गापुर नौ दशमलव दुइ अंक प्राप्त गरी दोस्रो सूचीमा रहेको र अफि्रकी मुलुक सोमालिया भने एक दशमलव सुन्ना अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्ट मुलुकमा सूचीकृत भएको उल्लेख गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले पाँच दशमलव दुइ, भारतले तीन दशमलव चार, श्रीलङ्काले तीन दशमलव दुइ, नेपालले दुइ दशमलव सात, पाकिस्तानले दुइ दशमलव पाँच, बङ्गलादेशले दुइ दशमलव एक र अफगानिस्तानले एक दशमलव पाँच अंक पाएका छन् ।

No comments: