News

Sep 26, 2008

वर्तमान सरकारले एकै पटक ४५ जना सहसचिवको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीले इच्छाएका कर्मचारीलाई सरुवा गर्ने राजनीतिक सहमति गर्दै निजामती नियमावलीमा समेत संशोधन गरेको वर्तमान सरकारले एकै पटक ४५ जना सहसचिवको सरुवा गरेको छ। राजस्वको संकलन परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका अर्थ मन्त्रालयबाट मात्र सात जना सहसचिवलाई अन्यत्र सरुवा गरी ६ जनालाई बाहिरबाट ल्याइएको छ।राजनीतिक सहमतिका आधारमा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्यति ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। माघ, साउन र चैतमा सरुवा गर्ने नियमावलीको व्यवस्थालाई संशोधन गर्दै गत ४ गते मन्त्रिपरिषद् बैठकले कर्मचारी सरुवाका लागि बाटो खुलाएपछि अहिले व्यापक मात्रामा कर्मचारीको सरुवा गर्न थालिएको छ।उक्त सरुवाअर्न्तर्गत अर्थ मन्त्रालयबाट बाहिरिने सहसचिवहरूमा महेश्वर शर्मा, लक्ष्मण पोखरेल, आत्माराम पाण्डे, शारदा त्रिताल, शिवबहादुर रायमाझी, श्रीराम पन्त र रमेशकुमार शर्मा रहेका छन्। त्यस्तै अर्थमा टंकमणि शर्मा, महेश दाहाल, लवकुमार श्रेष्ठ, मुक्तिनारायण पौडेल, महेन्द्रमान गुरुङ र जनमेजय रेग्मीलाई ल्याइएको छ।त्यस्तै गृहमा बाबुराम शर्मा, शंकर कोइराला, श्रीवत्स घिमिरे, केशरबहादुर बानियाँ, ताना गौतम र लक्ष्मी ढकाललाई सरुवा गरी ल्याइएको छ। त्यस्तै गणेश ढकाललाई वाणिज्यमा, लोकप्रसाद आचार्यलाई सूचना तथा सञ्चारमा, मुकुन्द रेग्मीलाई योजना आयोगमा, मोहनकृष्ण श्रेष्ठलाई श्रम तथा यातायातमा सरुवा गरिएको छ।

No comments: