News

Sep 22, 2008

सहमतिपछि राजधानीमा जारी आन्दोलनका कार्यक्रम स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्द्रजात्रा पर्वका अवसरमा बलि चढाउनका लागि सरकारले बजेट व्यवस्था नगरेको विरोधमा आन्दोलनमा उत्रिएका नेवार समुदाय र सरकारबीच दशबुँदे सहमति भएको छ । सहमतिपछि राजधानीमा जारी आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् ।अर्थमन्त्रालयमा भएको छलफलमा काठमाडौका विभिन्न गुठीयारका प्रतिनिधिद्वारा प्रस्तुत दशसूत्रीय मागमाथि भएको छलफलपछि सहमति भएको हो । छलफलमा अर्थमन्त्री डा.बाबुराम भट्टराइ, सभासद्, गुठीयार, गुठी संस्थन, स्थानीय प्रशासन र प्रहरी प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासमेतको ठूलो संख्यामा उपस्थिति थियो ।दशबुँदे मागलाई सरकारले सकारात्मक रूपमा लिई पुरा गर्ने सहमति भएको थियो । त्यस्तै, गुठी संस्थानको औचित्यमा सरोकारवालाहरूबाट विवाद उत्पन्न भएकाले नेवार जातिको संस्कृति सञ्चालनसम्बन्धी छुट्टै स्वतन्त्र संयन्त्र निर्माण गर्न १५ दिनभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।सहमतिमा अर्थमन्त्री डा.भट्टराइ, कामु सचिव कृष्णहरि बाँस्कोटा, सभासद्हरू डा. मंगलसिद्धि मानन्धर, हितमान शाक्य, ध्यानगोविन्द रञ्जित, कृष्णा अमात्य र बुद्ध सायमीले लगायतले हस्ताक्षर गर्नुभएको छ ।

No comments: