News

Sep 29, 2008

संविधान निर्माणको गृहकार्य शुरू भइसक्योः नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कार्यतालिका बनाएर निर्धारित समयमै संविधान निर्माण गर्ने गरी संविधानसभाले गृहकार्य थालिसकेको जानकारी गराउनुभएको छ।देशभरिका एफएम रेडियोहरूको संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपालको राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेम्वाङले संविधानसभा नियमावली चाँडै नै टुंगो लाग्नासाथ संविधान निर्माणको कार्यतालिका र्सार्वजनिक गरिने स्पष्ट पार्नुभयो।उहाँले निरंकुशतन्त्रविरुद्ध महत्त्वपूर्ण भूमिका खेलेका सामुदायिक रेडियोहरू जनताको आवाज भएर स्थापित हुनुपर्छ भन्नुभयो। सो अवसरमा अध्यक्ष नेम्वाङले नेपालमा सामुदायिक रेडियो कानुनी व्यवस्था र आवश्यकता एवम् नेपालमा छुट्टै सामुदायिक रेडियो नीतिका लागि पक्षपोषण तथा वकालत रणनीति’ नामक दुइवटा पुस्तकको लोकार्पण पनि गर्नुभयो।सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा भएको सम्मेलनमा महासचिव मोहन विष्टले ँनेपालमा सामुदायिक रेडियो नीतिगत चुनौती र सुझाव’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।राष्ट्रिय सम्मेलनले एफएम रेडियोलाई अझ प्रभावकारी बनाउन, विद्यमान विभेदपूर्ण ऐन नियम संशोधन गर्नुपर्ने, राज्यले जनताको आवाज बनेका रेडियोलाई व्यवहारमै सकारात्मक रूपमा हेर्नुपर्ने जस्ता निष्कर्षहित घोषणापत्र पनि जारी गरेको छ।

No comments: