News

Sep 22, 2008

तराइमा जारी हिसात्मक क्रियाकलाप रोक्न सरकार प्रतिवद्धताका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा जारी हिसात्मक क्रियाकलाप रोक्न सरकार प्रतिवद्धताका साथ लागिपर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बताउनुभएको छ । तराइमा हिंसा जारी राखेका राजनीतिक शक्तिलाई वार्ता समिति गठन गरेर र आतंक मच्चाइरहेका समूहहरूलाई बल प्रयोग गरेर शान्ति स्थापना गरिने उहाँले उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा राजधानीस्थित सिंहदरबारमा समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । राजनीतिक र आतंककारी दुवै समूहको हिंसा जारी रहेको भन्दै गौतमले सरकारले शान्ति स्थापनाका लागि सबैखाले उपाय अपनाउने बताउनुभयो ।शान्तिपूर्ण व्यवस्थाको प्रमुख आधार विधिको शासन हो भन्दै उहाँले कानुन हातमा लिन खोज्ने जुनसुकै किसिमका क्रियाकलापहरूलाई कडाइका साथ नियन्त्रण गरी शान्ति प्रक्रियामार्फत नयाँ र समुन्नत नेपाल बनाउन सरकार प्रतिबद्ध रहने बताउनुभयो । अहिले पनि समाज आफूले चाहेअनुरूप अगाडि बढ्न नसकेको र राजा फाले पनि राजावादीहरू शान्ति भाँड्न सल्बलाई रहेकाले सरकार त्यसतर्फ पनि सचेत रहेको कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गौतमले बताउनुभयो ।

No comments: