News

Sep 22, 2008

बाढीपहिरामा परी २४ जनाभन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केही दिनयता भइरहेको भारी वर्षापछि सुदूरपश्चिमका केही जिल्लामा धनजनको ठूलो क्षति भएको छ । आइतबार रातिसम्ममा ती क्षेत्रमा बाढीपहिरामा परी २४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सयौं परिवार विस्थापित भइ बिचल्लीमा परेका छन् । मौसममा सुधार हुन नसकेकाले पीडितहरुको उचित रुपमा उद्धार हुन सकिरहेको छैन । मनसुनको अवधि सकिए पनि केही दिन पानी परिरहने सम्भावना रहेकाले क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।बाढीपहिराले कैलाली जिल्लामा मात्रै ११ जनाले ज्यान गुमाइसकेका छन् । कन्चनपुर जिल्लामा आजको मृत्यु भएको छ भने डोटीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरामा परी दर्जनौं बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीपहिराको प्रभावले गर्दा धेरै परिवार विस्थापित भएका छन् ।भलबाढीले थुप्रै गाउँलेको घर भत्काएको छ । हजारौं हेक्टरमा लगाइएको धानबाली नष्ट बनाएको छ । गत भदौ २ गते कोसी नदीमा आएको बाढीले पूर्व क्षेत्रलाई अस्तव्यस्त बनाएको थियो । त्यसको प्रभाव अझै पनि कायमै छ । दसैंको मुखैमा पश्चिमी क्षेत्रमा पनि अझ ठूलो क्षति हुन थालेको छ । प्रभावित क्षेत्रहरुमा सरकारले सेना, प्रहरी लगायत सबै संयन्त्र परिचालन गरी उद्धार र राहत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

No comments: