News

Sep 25, 2008

पिटिसी इन्डिया लिमिटेडले ६० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको वर्तमान विद्युत्को कमीलाई पूर्ति गर्न पिटिसी इन्डिया लिमिटेडले ६० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ । पिटिसीले दुवै पक्षको आपसी सहमतिमा निर्धारण गरिएको महसुलमा व्यापारिक नीतिअनुरूप ६० मेगावाटसम्मको विद्युत् चौबीसै घण्टा आपूर्ति गर्नेछ ।साठी मेगावाटमध्ये ४० मेगावाट विद्युत् दुहवी-कटैयाको १३२ केभी प्रसारण लाइन र २० मेगावाट टनकपुर-महेन्द्रनगरको १३२ केभी प्रसारण लाइनबाट आपूर्ति गरिने छ । कोसी बाढीले भत्काएको दुहवी-कटैया १३२ केभी प्रसारण लाइनको नेपाल भागमा पर्ने प्रसारण लाइनको नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भार पुरा गरेपछि विद्युत् आपूर्ति सुरु हुनेछ ।सोसम्बन्धी समझदारीपत्रमा प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्की र पिटिसी इन्डिया लिमिटेडका अध्यक्ष तन्त्रनारायण ठाकुरले हस्ताक्षर गर्नुभयो । पिटिसिद्वारा आपूर्ति गरिने विद्युतले विशेषतः काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिको सुधार गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

No comments: