News

Sep 25, 2008

संसद परिसरमा हतियार सहित माओवादीका सभासदहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद परिसरमा हतियार सहित माओवादीका सभासदहरु किन प्रवेश गरेको भन्दै प्रतिपक्षी सभासदहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । माओवादी नेताका अंगरक्षकहरुले हतियार लिएर संसद परिसरमा प्रवेश गर्ने गरेको घटना सार्वजनिक भएपछि सभासदहरुले यस्तो आपत्ति प्रकट गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासदहरुले सत्ताको नेतृत्व गरेको माओवादीका नेताहरुले संसदभित्र हतियार बोकेर आउनुले उसप्रति गम्भीर आशंका उत्पन्न भएको जनाएका छन् । व्यवस्थापिका संसदको बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सभासद शोभाकर पराजुलीले ती हतियार वैध वा अवैध के हो खुलाउनुपर्ने माग गर्नुभयो ।उहाँले आक्रोसित हुँदै संविधानसभामा हतियार लिएर आएर कसलाई तर्साउन खोजेको भन्ने प्रश्न गर्नुभएको थियो । अर्का सभासद अर्जुनप्रसाद जोशीले हतियार कसरी प्रवेश भयो भन्ने जानकारी दिन माग गर्नुभयो । यसअघि पनि पुनस्थापित संसदमा माओवादीका सभासदले हतियारसहित प्रवेश गरेको भन्दै व्यापक विरोध भएको थियो ।

No comments: