News

Sep 25, 2008

स्वास्थ्य शिक्षामा थप शुल्क लगाइएकामा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका निजी अस्पताल एवं क्लिनिकहरूको संस्था एफिनले नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा थप पाँच प्रतिशत शुल्क स्वास्थ्य शिक्षामा लगाउने गरी ल्याइएको प्रावधान अपारदर्शी भएको भन्दै प्रावधानको विरोध गरेको छ । यसअघि नै स्वास्थ्य शिक्षामा १० प्रतिशत अतिरिक्त शुल्क लगाइँदै आएकोमा त्योसमेत अव्यावहारिक रहेको भन्दै यसक्षेत्रबाट उक्त प्रावधान खारेजीको माग विगत लामो समयदेखि हुँदै आएकोमा झन यसपटक पाँच प्रतिशत शुल्क थपिनु अन्यायपूर्ण रहेको संस्थाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।निजी क्षेत्रको स्वास्थ्यसेवालाई बैंक व्याज सस्तोमा उपलब्ध गर्राई र्सवसाधारणलाई सस्तो र सर्वसुलभ सेवा प्रदान गर्न, यस्ता संस्थामा आवश्यक सामग्री खरिदमा भन्सार छुटको व्यवस्था गर्न, यातायातका साधनमा छुट दिन, एम्बुलेन्स आयातमा सुविधा दिन निकै अघिदेखि निजी स्वास्थ्य संस्थाहरूले माग गर्दै आएकोमा ती कुनै पनि मागप्रति वास्ता नै नगरी करमात्र थोपर्ने गरी बजेट आउनुले यसक्षेत्रका व्यवसायी मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।विगत लामो समयदेखि स्वास्थ्य क्षेत्र असुरक्षित हुँदै गएकाले स्वास्थ्य क्षेत्रको संरक्षण र सुरक्षासम्बन्धी ऐन 'स्वास्थ्य व्यवसाय सुरक्षा ऐन' ल्याउन गरिएको मागलाई सरकारले बेवास्ता गरेकोप्रति दुख व्यक्त गर्दै विज्ञप्तिमार्फत संस्थाका अध्यक्ष डा.भोला रिजालले उक्त करको प्रावधानलाई तत्काल खारेज र स्वास्थ्य संस्थाहरूका मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्नुभएको छ ।

No comments: