News

Sep 24, 2008

आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने - मातृका यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहाको मिर्चैयामा रहेको सर्वसाधारणको घरजग्गा आफ्नै सक्रियतामा कब्जा गर्न लगाएर विवादास्पद बनेका माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने बताउनुभएको छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।आफूले गरिब र दलितका पक्षमा सिरहामा काम गरेको तर कुनै गल्ती भने नगरेको उहाँले बताउनुभयो । जग्गा कब्जा घटना निकै विवादास्पद बनेपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा स्वीकृत समेत भइसकेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवमाथि आवश्यक कारबाही हुने समेत बताइसक्नुभएको छ ।यी घटनापछि यादव भूमिगत हुने भन्ने चर्चा व्यापक रुपमा चलेको थियो । तर यादवले भने आफू भूमिगत हुने कुरा हल्लामात्र भएको बताउनुभयो । पत्रकारहरुसित कुरा गर्दै उहाँले आफू पार्टीमै रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

No comments: