News

Sep 29, 2008

'एक प्रदेशको सोचमा संघीयता लगिए दुर्घटना'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक मधेश, हिमाल र पहाडको सोचमा संघीयतालाई लगे दुर्घटना हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार राति अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एक कार्यक्रममा संघ निर्माण गर्दा जनताको हितलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा संघीयताको निर्माण गर्दा भूगोल, जनसंख्या, जातजाति आदिको आधारमा वैज्ञानिक संघीयताको अवलम्बन गरिने जानकारी दिदै उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र सम्बृद्धिलाई मुख्य प्राथमिकतामा राखिने बताउनुभयो ।नयाँ संविधान निर्माण सरकारको पहिलो प्राथमिकता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संसारभरका नेपालीलाई एउटै सूत्रमा बाँध्ने संविधान निर्माण गर्न सके सबै नेपालीलाई गौरवबोध हुने धारण राख्नुभयो । राष्ट्रले के दियो भन्दा पनि राष्ट्रलाई के दियौं भन्ने सोच सबै नेपालीमा भए नेपाल सम्बृद्ध बन्ने उहाँको भनाइ थियो ।-साथको तस्बिरमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनका साथ । राष्ट्रसंघ महासभामा सहभागी हुन न्युयोर्क जानुभएका प्रधानमन्त्रीले महासचिव मुन लगायत विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसित भेटवार्ता गर्नुभएको थियो । तस्बिर सौजन्य, राष्ट्रसंघ ।

No comments: