News

Sep 23, 2008

बाढीपहिराबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट सुदूरपश्चिम क्षेत्रमा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । पाँचजना अझै बेपत्ता रहेका र १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार डोटीमा पहिरोमा परी एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । कैलालीमा १० जना अनि कन्चनपुरमा आठजनाको मृत्यु भएको छ ।बाढीपहिरोका कारण बझाङमा तीनजना तथा दार्चुला र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । कञ्चनपुरमा दुइ, कैलालीमा दुइ र डोटीमा एक गरी पाँचजना अझैसम्म बेपत्ता रहेका छन् । बाढीकै कारण बझाङमा छ, डोटीमा तीन, कैलालीमा एक र डडेल्धुरामा दुइ गरी १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढीबाट आठ हजार ३२० जना विस्थापित भएका छन् ।

No comments: