News

Sep 26, 2008

हतियारबारे बोल्न गृहमन्त्रीलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेता तथा सभासदहरु हतियारसहित संसदमा प्रवेश गर्नेगरेकोबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सभामुख सुवास नेम्वाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका छन् । संविधानसभा अध्यक्ष तथा बिधायिका संसदका सभामुख सुवास नेम्वाङले संविधानसभा परिशरमा माओवादी नेता तथा सभासदहरु हतियारसहित प्रवेश गरेकोबारे संसदमा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सम्भवतः असोज ११ गते संसदमा त्यसबारे जवाफ दिनेछन् । संसद ११ गते बिहान ११ बजे बस्नेगरी स्थागित भइसकेको छ ।असोज १० गते संसद बैठकमा सभासदहरुले संविधानसभा परिशरमा माओवादी नेताहरु हतियारसहित आउने गरेको बिरोधमा संसद अवरुद्ध पारेका थिए । सभामुखले संविधानसभा परिशरलाई २५ दलको बैठकबाट पहिल्यै हतियारमुक्त क्षेत्र बनाउने सहमति भइसकेको पनि संसदमा उल्लेख गरे । आधा घण्टा संसद अवरुद्ध भएर पुन सुरु हुनासाथ नेपाली कांग्रेसका महामन्त्री तथा सभासद बिमलेन्द्र निधीले माओवादी नेता तथा सभासदहरु हतियारसहित संसद आएकोमा सरकारको ध्यानाकर्षण भयो कि भएन भन्ने प्रश्न सोधेपछि सभामुखले त्यस्तो जवाफ दिएका हुन् ।
हतियार बिबादबारे गृहमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने सभामुखको रुलिङपछि संसद नियमित प्रक्रियामा प्रवेश गर्नलाग्दा नेपाली कांग्रेस र तर्राई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरुले बजेटमा आफ्ना सुझाव समावेश भए कि भएनन् भन्ने जानकारी माग्दै पुन संसद अवरुद्ध पारेका थिए ।

No comments: