News

Oct 15, 2008

नेपाल पूर्ण र विश्वव्यापी निशस्त्रीकरण पक्षमा रहेको - सुवास नेम्बाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले नेपाल पूर्ण र विश्वव्यापी निशस्त्रीकरण तथा आणविक निशस्त्रीकरणको पक्षमा रहेको दोहोर्‍याउनुभएको छ । जेनेभामा अन्तरव्यवस्थापिका संसदको ११९आँ सभामा आणविक अप्रसार र निशस्त्रीकरण विषयमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।नेपालले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि-सिटिविटीमा हस्ताक्षर गरिसकेको र अब संसदले त्यसलाई अनुमोदन गर्ने प्रक्रियामा रहेको नेम्वाङले जानकारी दिनुभयो । उहाँले लोकतान्त्रिक संविधान लेख्न लागिरहेको परिप्रेक्ष्यमा नेपालका राष्ट्रिय प्रजातान्त्रिक संस्थाहरुको सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय समुदायका मित्रहरुबाट सहयोगको अपेक्षा गर्नुभयो ।सभामा नेपाली प्रतिनिधिमण्डलका सदस्य उमाकान्त चौधरीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक विषयमा बोल्ने क्रममा नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूति गरेको बताउँदै संविधानसभाले नयाँ संविधान लेख्दा तिनलाई न्यायिक र प्रशासनिक सुरक्षा दिइने बताउनुभयो ।

No comments: