News

Oct 17, 2008

ज्वाला सिंह समूहले सरकारसँग वार्ता गर्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनतान्त्रिक तराइ मुक्तिमोर्चा, ज्वाला सिंह समूहले सरकारसँग वार्ता गर्न तयार रहेको भन्दै चारवटा सर्त अघि सारेको छ । अध्यक्ष ज्वाला सिंहले विज्ञप्ती जारी गरी सरकारसँग वार्ता गर्न तयार रहेको जनाएका हुन् । मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई रिहा गरी झुटा मुद्दाहरु फिर्ता लिनुपर्ने, सरकारले युद्धविराम गर्नुपर्ने माग राखेका छन् ।वार्ता टोलीको सुरक्षाको पूर्ण ग्यारेन्टी लिनुपर्ने र तराइको गाउँ गाउँमा रहेको सेना, प्रहरी र सशस्त्र सुरक्षाकर्मीलाई सदरमुकाम फिर्ता गर्नुपर्ने सर्त राखेका छन् । तीस दिनभित्र यी मागहरु पूरा गरे मोर्चाको तर्फबाट वार्ता टोली गठन गरी वार्ता गर्न तयार रहेको ज्वाला सिंहले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

No comments: