News

Oct 23, 2008

भुटानी शरणार्थी समस्या समाधाननिम्ति वार्ता आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी नेपालका शरणार्थी शिविरमा विगत १८ वर्षदेखि कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई क्षतिपूर्तिसहित ससम्मान स्वदेश फर्काउन नेपाल, भुटान, भारत र भुटानी शरणार्थीसमेतको चौपक्षीय सहभागितामा वार्ताका लागि आग्रह गरिएको छ ।भुटानी शरणार्थी संयुक्त स्वदेश फिर्ता अभियान समितिले राजधानीमा पत्रकारसम्मेलन गरी उक्त आग्रह गरेको हो । यस्तो आग्रह यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गरिसकिएको समितिले जनाएको छ ।समितिले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानका लागि सातबँदे माग प्रस्तुत गर्दै वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा शरणार्थी समस्या समाधान गर्ने उल्लेख भएकोमा शरणार्थीहरूमा आफ्नो मुलुक जाने आशा बढेको जनाएको छ ।मागपत्रमा अमेरिकी सरकारले शरणर्थीहरूलाई तेस्रो मुलुक पुनर्वास गराउने नयाँ रणनीति सुरु गरेपछि केही शरणार्थी र कूटनीतिज्ञमा पनि भ्रम पैदा हुनुका साथै पारिवारिक बिखण्डन, आत्महत्या, विद्यार्थीमा शिक्षाप्रति अभिरुचि घट्नुजस्ता समस्या दिनानुदिन बढेको जनाइएको छ ।समितिका अनुसार प्रधानमन्त्री दाहालसमक्ष प्रस्तुत सातबुँदे मागमा चौपक्षीय सहभागितासहितको वार्ताको सुरुवात, शरणार्थीको घर फर्कने अधिकार सुनिश्चित तथा सुरक्षित, शरणार्थी समस्या समाधान अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिनुपर्ने, सरकारको भुटानी शरणर्ाथी समस्याप्रति स्पष्ट नीति हुनुपर्ने, शरणार्थी समस्या समाधानका लागि स्थायी आयोग गठन गरिनुपर्ने, राहतमा कटौती गर्न नहुने र शरणार्थीलाई तेस्रो मुलुक पुनस्थापना कार्यक्रम रोकिनुपर्ने रहेको छ ।

No comments: