News

Oct 20, 2008

संविधानसभा व्यवस्थापिकाको बैठक आज सोमबारदेखि सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दशैलगतै स्थगित भएको संविधानसभा व्यवस्थापिकाको बैठक आज सोमबारदेखि सुरु हुँदैछ । वैठकमा आजदेखि चालू आर्थिक बर्ष बजेटका विषयमा छलफल हुनेछ । अर्थ र गृहमन्त्रालका विभिन्न शिर्षकहरुमाथि १३ गते नै छलफल तय गरिएको भए पनि त्यस दिन तराइ मधेस लोकतान्त्रिक पार्टीका सभासदको रोष्टम घेराउपछि आजका लागि सारिएको थियो ।संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आजदेखि विभिन्न मन्त्रालयका शीर्षमा विनियोजित बजेटमाथि छलफल हुने र यसैबीचमा संविधानसभा नियमावलीका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो । आजदेखि लगातार ७ गतेसम्म विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षमाथि छलफल तय गरिएको छ । आजको बैठक बिहान ११ बजे संविधानसभा भवन अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा बस्नेछ ।

No comments: