News

Oct 21, 2008

'राजनीतिक सेनालाई नेपाली सेनामा समायोजन हुन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली सेनामा कुनै राजनीतिक सेनालाई समायोजन गर्न नहुने बताउनुभएको छ । कांग्रेस विदेश विभाग तथा सोसलिष्ट इन्टरनेशनलले कांग्रेस सभासदहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले राजनीतिबाट प्रेरित सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिए सेनाको छवि धुमिलिने बताउनुभयो ।संसदीय प्रणाली मान्दैनौ भन्ने माओवादीले संसदीय प्रणाली अन्तर्गतको सरकारमा रहेको भन्दै उहाँले सरकार कुन प्रणालीमा रहेको प्रष्ट पार्न माओवादी नेताहरुलाई आग्रह गर्नुभयो । अन्तरिम संविधान अन्तरगत बनेको सरकार पनि अन्तरिम भएकाले महत्वपूर्ण निर्णय गर्न नपाउने उहाँको भनाइ थियो ।कांग्रेस सभापति कोइरालाले शान्ति प्रक्रियाको लागि आफूले विगतमा गरेको सहमति र सम्झौताबारे सभासदहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी सेना राजनीति प्रशिक्षित सेना भएकोले उनीहरुलाई कुनै पनि सुरक्षा दस्तामा समायोजन गर्न नहुने बताउनुभयो ।

No comments: