News

Oct 26, 2008

सचिवहरूको सरुवा तथा पदस्थापन र कायममुकायम गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले एकैपटक सचिवहरूको सरुवा तथा पदस्थापन र कायममुकायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबारको वैठकले यस्तो निर्णय गरेको हो । सरकारले उद्योग मन्त्रालयका जनकराज जोशीलाई राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उमेशप्रसाद मैनालीलाई वातावरण, विज्ञान तथा प्रविधि, रामचन्द्रमान सिंहलाई पर्यटन तथा नागरिक उड्डयन, ताना गौतमलाई उद्योग र वृन्दा हाडा भट्टराइलाई महिला तथा समाजकल्याण मन्त्रालयमा सरुवा तथा पदस्थापन गरेको छ ।यसैगरी सूचना तथा सञ्चार मन्त्रालयका युवराज पाण्डेलाई श्रम तथा यातायात व्यवस्था, सामान्य प्रशासनका दीपेन्द्रविक्रम थापालाई शिक्षा, महिला तथा समाजकल्याण मन्त्रालयका पुण्यप्रसाद न्यौपानेलाई स्थानीय विकास, शिक्षाका बालानन्द पौडेललाई सामान्य प्रशासन, श्रम तथा यातायातका श्यामप्रसाद मैनालीलाई युवा तथा खेलकुद, संस्कृति तथा राज्य पुनसंरचनाका अवनिन्द्रकुमार श्रेष्ठलाई महालेखा नियन्त्रक र राष्ट्रिय सतर्कता केन्द्रका छविराज पन्तलाई सस्कृति तथा राज्य पुनसंरचना मन्त्रालयमा सरुवा गरिएको छ ।बैठकले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लीलामणि पौडेललाई सूचना तथा सञ्चार, नेपाल ट्रस्टका कार्यकारी निर्देशक डा.उदयराज शर्मालाई वन तथा भूसंरक्षण एवं युवा तथा खेलकुदका शङ्करप्रसाद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । यसैगरी स्थानीय विकासका कामु सचिव गङ्गादत्त बस्तीलाई कामु पदमा नै रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका वरिष्ठ अधिकृत प्रतापकुमार पाठकलाई प्रधानमन्त्रीको निजी सचिव, युवराज भुसाललाई प्रशासन पुनसंरचना आयोग, किशोर थापालाई जल तथा शक्ति आयोग, हरिराम कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, केशव कँडेललाई मुक्तकमैया व्यवस्थापन, सुशील घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्र, नारायणगोपाल मलेगुलाई कार्यकारी अधिकृत काठमाडौं महानगरपालिका, दिनशहरि अधिकारीलाई शिविर व्यवस्थापन र गणेशराज जोशीलाई सूचना आयोगमा कामु मुकर्ररसहित पदस्थापन गरेको छ ।यसैगरी यज्ञप्रसाद गौतमलाई स्थानीय विकास-नगरपालिका व्यवस्थापन, सुरेशकुमार वर्मालाई कार्यकारी निर्देशक-नेपाल ट्रस्टको कार्यालय, नाथुप्रसाद चौधरीलाई उपराष्ट्रपतिको कार्यालय, रामस्वरूप सिन्हालाई शिक्षा मन्त्रालयअन्तर्गत आधारभूत शिक्षा, डा.दीर्घसिंह बमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- जनसङख्या मा कामु मुकर्ररसहित पदस्थापना गरिएको छ । यस्तै दीप बस्नेत-पूर्वाञ्चल, रुद्रकुमार श्रेष्ठ-पश्चिमाञ्चल, आनन्दप्रसाद पोखरेल-मध्यमाञ्चल, विनोद ज्ञवाली-मध्यपश्चिमाञ्चल र हर्रि्रसाद नेपाल- सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कामु क्षेत्रीय प्रशासकमा पदस्थापन हुनुभएको छ । बैठक समापनपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सेना समायोजनसम्बन्धी विषयमा कसरी अघि बढ्ने भन्नेसम्बन्धी कार्यनिर्देशिका तथा प्राविधिक समिति निर्माण गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।उहाँले आगामी ११ गते सोमबार बस्ने बैठकमा सेना समायोजनसम्बन्धी विशेष समिति बन्ने जानकारी दिनुभयो । नेपाल प्रहरीतर्फको प्राविधिक सेवातर्फ नायब महानिरीक्षक पदमात्र रहेकाले पहिलोपटक एक अतिरिक्त महानिरीक्षक पद सिर्जना गरी वरिष्ठताका क्रममा कृष्णप्रसाद श्रेष्ठलाई सो स्थानमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

No comments: