News

Oct 24, 2008

राष्ट्रसंघ महासचिवको सम्बोधनबारे सभाध्यक्षद्वारा जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको अध्यक्षतामा बिहीबार बसेको छ । बैठकले विनियोजन विधेयक, २०६५ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिन २०६५ साल कात्तिक २२ गते शुक्रबार बस्ने व्यवस्थापिका-संसदको बैठकबाट सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।साथै बैठकमा अध्यक्षले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले संविधानसभाका सदस्यहरूसँग यही कात्तिक १६ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा अन्तरक्रिया गर्ने कार्यक्रमको सम्बन्धमा जानकारी गराउनुभयो ।बैठकमा कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देवप्रसाद गुरुङ, समितिका सदस्यहरू र आमन्त्रित सदस्यको रूपमा शोभाकर पराजुली, लक्ष्मणलाल कर्ण, भीमप्रसाद आचार्य, चन्द्रिकाप्रसाद यादव, अर्जुन राइ र पूर्णकुमारी सुवेदीको समेत उपस्थिति थियो ।

No comments: