News

Oct 14, 2008

कांग्रेससँग सहमति र सहकार्य गर्न प्रधानमन्त्री इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसँग सहमति र सहकार्य गरेर अगाडि बढ्न आफू निकै इच्छुक भएको बताउनुभएको छ । आज मंगलबार नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको चियापान समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।प्रधानमन्त्री दाहालले कांग्रेससँग मेलमिलाप सुरु भएको समेत बताउनुभयो । मेलमिलाप, सहमति र सहकार्य आजको आवश्यकता हो भन्दै नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भन्नुभयो- कांग्रेस पनि सरकारमा सहभागी हुनेमा म पूर्ण आशावादी छु ।'मेलमिलाप, सहमति र सहकार्य भावना बोकेर नयां संविधान बनाउन सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सहयोग हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- 'कोइरालासँग लामो अनुभव छ, मैंले उहाँसँग सहयोग मागेको छु ।'

No comments: