News

Oct 30, 2008

राष्ट्रिय संवत् घोषणा राष्ट्रियताको विजय - हिसिला यमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटनमन्त्री हिसिला यमीले मन्त्रिपरिषद्को निर्णयबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नु राष्ट्रियताको सवालमा ठूलो विजय भएको बताउनुभएको छ।मन्त्री यमीले पर्यटन विकास र नेपाल संवत् विषयक अन्तरक्रिया कार्यक्रममा भन्नुभयो- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले ११२९ वर्षघि प्रारम्भ भएको नेपाल संवत्लाई व्यावहारिक रूपमा नै प्रयोग गरी नया नेपालको सूत्रपात गर्नुहुनेछ।’र्ँपर्यटन विकास बोर्डद्वारा मंगलबार आयोजित सो कार्यक्रममा मन्त्री हिसिला यमीले आज म्हपूजाका दिन प्रधानमन्त्री प्रचण्डद्वारा चियापानको कार्यक्रम राख्नु, आफनो लेटर प्याड र सरकारी हरेक कार्यालयमा नेपाल संवत्को तिथिसहित प्रयोगका लागि गृहकार्य थाल्नु राष्ट्रभित्र राष्ट्रियता बलियो बन्दै जानुको लक्षण भएको स्पष्ट पार्नुभयो।नागरिक समाजका अगुवा तथा नेवाः देयः दबूका अध्यक्ष मल्ल के सुन्दरले नेपाल संवत्का संस्थापक संखधर साख्वाको योगदानलाई देशभित्र मात्रै नभई विदेशमा समेत प्रचार-प्रसार गरी पर्यटकहरू आकषिर्त गर्न उपयोग गर्नेतर्फ सोच्नुपर्ने बताउनुभयो।पर्यटन सचिव रामचन्द्रमान सिंह, पर्यटन बोर्डका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र न्हुद समारोह समितिका अध्यक्ष प्रा. माणिकलाल श्रेष्ठलगायतले नेपाल संवत् र राष्ट्रिय विभूतिबारे विस्तृत अनुसन्धान सरकारले थाल्नुपर्ने कुरामा जोड दिनुभयो भने मानवअधिकारवादी पद्मरत्न तुलाधरले ने.सं. १०७१ मा प्रेमबहादुर कसाः र मदन लोचनसिंहद्वारा भारतमा स्थापित च्वसापासाको माध्यमबाट नेपाल संवत्को नया वर्षमनाउने अभियान शुरू भएको बताउनुभयो।यसैबीच नेपाल संवत् नया वर्षको उपलक्ष्यमा सभासद् नवीन्द्रराज जोशीले मंगलबार चियापान समारोहको आयोजना गर्नुभएको छ।यसै अवसरमा नेपाल भाषा र संस्कृतिको क्षेत्रमा लामो समयदेखि पत्रकारिताको माध्यमबाट योगदान पुर्याउदै आइरहेको देशय मरु झयाः साप्ताहिक र सन्ध्याटाइम्स दैनिकलाई सम्मान गरेको छ।पूवर्मन्त्री तथा सभासद् प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शम्भु हजरा पासवान, शोभाकर पराजुलीलगायतको उपस्थितिमा देशय मरु झयाःका प्रतिनिधि सुगतरत्न सिन्दुराकार र सन्ध्या टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरलाई खादा ओढाएर सम्मान गरिएको थियो।

No comments: