News

Oct 14, 2008

समायोजन हुन नसक्ने लडाकुलाई व्यवस्थापन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानुन तथा संविधानसभा मन्त्री देव गरुङले सेनामा समायोजन हुन नसक्ने जनमुक्ति सेनालाई रोजगारीको ब्यवस्था गरेर ब्यवस्थापन गर्न सकिने बताउनुभएको छ । आज मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सेना समायोजन भनेको ब्यवस्थापनसमेत भएको उल्लेख गर्नुभयो ।मन्त्री गुरुङले मन्त्री परिषदको अब हुने बैठकले सेना समायोजनबारे बिशेष समिति बनाउने तथा समायोजनको प्रक्रिया सुरु हुने पनि जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तिहारलगत्तै संविधान निर्माणको काम सुरु हुने दाबी गर्नुभयो ।

No comments: