News

Oct 30, 2008

प्रचण्डलाई विगतमा गरेका प्रतिबद्धता पुरा गर्न आग्रह - वान कि मुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगतमा गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभएको छ । मुनले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले विगतमा बहुदलीय प्रजातन्त्र र मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभएको हो ।उहाँले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन संविधान निर्माणमा सहयोग गर्ने भनाइको स्वागत गर्नुभएको छ । साथै नेपालको शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन सम्बन्धित राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गर्नुभएको छ । महासचिव मुन आज बुधबार फिलिपिन्स हुँदै भोलि बिहीबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । दुइ दिनसम्म नेपालमा रहनुहुने मुनले माओवादी सेनाका शिविरहरुको निरीक्षण गर्नुका साथै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

No comments: