News

Oct 26, 2008

गैरकानुनी रूपमा क्यासिनो सञ्चालन गरिए बन्द गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले गैरकानुनी रूपमा क्यासिनो सञ्चालन गरिए त्यस्ता क्यासिनो बन्द गरिदिने चेतावनी दिनुभएको छ।सुरक्षाकर्मी प्रवेश गरी क्यासिनो अनुगमन गर्दा उनीहरूमाथि नै जाइलाग्ने क्यासिनो सञ्चालक र मजदुरमाथि कडा कारबाही अघि बढाउने बताउँदै शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री गौतमले भन्नुभयो- क्यासिनोभित्र सादा पोसाकका सुरक्षाकर्मी निर्विवाद छिर्न पाउनुपर्छ’, क्यासिनो नेपाली जनताका निम्ति होइनन्, नेपाली जनता क्यासिनोमा खेल्न पाउँदैनन्’ उहाँका तर्क थियो- त्यस्तालाई संरक्ष्ँण गर्न क्यासिनो सञ्चालक लागेका छन्, नेपाली प्रवेश गराउने नियति देखिए त्यस्तामाथि कडा कारबाही हुनेछ।’जनताले सुरक्षँित महसुस गरिरहेको अवस्थामा गुण्डागर्दी गरी सडकमा उत्रिने र त्यस्तालाई र्समर्थन गर्ने जोकोहीलाई पनि नछाडिने चेतावनी दिनुभयो।दशौं सोल्टी सुपर सिक्स क्रिकेट प्रतियोगिताको समापन समारोहमा पुग्नुभएका उपप्रधान एवम् गृहमन्त्री गौतमले राजधानीको शान्तिसुरक्षा मजबुत पार्न जस्तोसुकै कदम चालिने बताउनुभयो।उता क्यासिनो अन्नामा नेपाली प्रवेश गरेको आशंकामा सुरक्षा जाँच गर्न गएका प्रहरीविरुद्ध आन्दोलनमा उत्रिएका क्यासिनो मजदुरले शनिबार विरोध प्रदर्शन गरेका छन्।रत्नपार्कबाट शुरू भएको विरोध र्याली माइतीघर मण्डलमा गएर विरोधसभामा परिणत भएको थियो।सातवटा क्यासिनोका मजदुर र मालिकको समेत सहभागिता रहेको र्यालीमा क्यासिनो व्यवसायीले कानुन परिवर्तन गरी नेपाली पनि प्रवेश गर्न पाउनुपर्ने जनाएका थिए।शुक्रबार राति अन्ना क्यासिनोमा नेपाली प्रवेश गरेपछि प्रहरी अनुसन्धान गर्न पुगेका थिए।यसैबीच महानगरीय प्रहरी आयुक्तको कार्यालयले शनिबार विज्ञप्ति जारी गरी प्रहरी नायब निरीक्षक कृष्ण विष्टको कमान्डमा गएका सादा पोसाकका तीन प्रहरीमाथि अन्नाका मजदुरले आक्रमण गरी ३५ सय नगद र घडीसमेत लगेको आरोप लगाएको छ।राजधानीमा सञ्चालित अधिकांश क्यासिनोमा अवैध तवरले नेपाली नागरिकलाई प्रवेश गर्राई क्यासिनो सञ्चालन गरिएको आशंकामा प्रहरीले त्यस्ता क्यासिनोमाथि छापा मार्न थालिएको जनाएको छ।अन्ना, सांग्रिला, रेडिसन र हायातमा जुनियर प्रहरीको कमान्डमा ३/३ जना प्रहरीले एकै समय चेक गर्ने व्यवस्था मिलाइएको र अन्नाबाहेक अन्य क्यासिनोले सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ।

No comments: