News

Oct 29, 2008

मापदण्ड पूरा भएका मात्र सेनामा समायोजन गर्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले निश्चित मापदण्ड पूरा भएका माओवादी लडाकूलाई मात्र सेनामा समायोजन गर्नुपर्ने बताउनुभएको छ । युवा खेलकुद समूह भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।बिजुक्छेले संविधानसभामा हि्वप लगाउने वा नलगाउने विषयमा दलहरूबीच सहमति हुन नसकेका कारण संविधान निर्माणमा ढिलाई भइरहेको समेत बताउनुभयो । उहाँले देशका तमाम जनताको हकअधिकार सुनिश्चित हुने गरी लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो । अध्यक्ष बिजुक्छेले खेलकुद र राजनीतिलाई अलग्ग राखेर हेर्न नहुने समेत बताउनुभयो । युवा खेलकुद समूहका अध्यक्ष गौतम लासिवाको सभापतित्वमा सम्पन कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य प्रेम सुवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष केपी ताम्राकार, नेमकिपा नगर अध्यक्ष रवीन्द्र खबुर्जा, विनोदचरण राय, उकेश कवांलगायतले बोल्नु भएको थियो ।

No comments: