News

Oct 18, 2008

एमाले महाधिवेशन बुटवलमा, संयोजक भरतमोहन अधिकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी फागुनमा हुने पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा ६१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार सम्पन्न पार्टी राष्ट्रिय कार्यकर्ता भेलाले उक्त निर्णयलाई पारित गरेको छ ।महाधिवेशन फागुन ५ देखि १० गतेसम्म बुटवलमा हुनेछ । एमालेको भेलाले आगामी महाधिवेशनपछि पार्टी बहुपदीय प्रणालीमा जाने, पार्टीमा एकै व्यक्ति एउटै नेतृत्वमा लगातार दुइपटकभन्दा बढी बस्न नपाउने, पार्टीका प्रत्येक संगठनमा ३० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गर्नेलगायत विषयलाई पारित गरेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख इश्वर पोखरेलले बताउनुभयो । भेलामा पार्टीका जिल्ला कमिटी सचिव, अञ्चल कमिटीका सदस्यलगायत त्यसभन्दा माथिल्लो निकायका अगुवा नेता तथा कार्यकर्ता गरी लगभग ८०० जनाको सहभागिता थियो ।

No comments: