News

Oct 17, 2008

माओवादी सेना समायोजन गर्न नेपाली सेना तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनसेनाको समायोजन नेपाली सेनामा नै हुने बताउनुभएको छ । उहाँले नेपाली सेनामा र माओवादी सेना समायोजन गर्न नेपाली सेना तयार रहेको समेत बताउनुभयो ।यसअघि हिजो राजधानीमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री उपेन्द्र यादवले अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले माओवादी सेना नेपाली सेनामा नगाभिने बताउनुभएको दाबी गर्नुभएको थियो ।प्रधानमन्त्री दाहालले भने सेना समायोजन गर्न सरकार संवेदनशील भएर लागीपरेको बताउनुभयो । उहाँले नेपाली सेनासँग पनि छलफल भइरहेको र केही समयभित्रै सेना समायोजनको टुंगो लाग्ने जानकारी दिनुभयो । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सेना समायोजनपछि संविधान निर्माण प्रक्रिया शुरु हुने बताउनुभयो ।

No comments: