News

Oct 24, 2008

युगान्तकारी परिवर्तनको संघारमा मुलुक - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ संविधानमार्फत शान्त र समृद्ध नेपालको निर्माणजस्तो युगान्तकारी परिवर्तनको संघारमा मुलुक रहेकाले सबै नेपाली आ-आफ्ना प्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।आठौँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी बलद्वारा राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्रीले विशिष्ट प्रहरी अधिकृतलाई ट्रफी प्रदान गर्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने माध्यम राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता हो, सरकार सोही भावनाका साथ अगाडि बढ्छ भन्नुभयो ।प्रधानमन्त्रीले नयाँ नेपाल निर्माणमा सबै नेपाली सद्भावका साथ जुट्ने विश्वास व्यक्त गर्नुयो । सरकार दिगो शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो- शान्तिको महत्व हामी हिजो भिरपाखा र जङ्गलमा भोकै, नाङ्गै र रगतले लतपतिएर लडेकाहरुलाई जतिको अरूलाई हुँदैन ।नयाँ सरकारले सशस्त्र प्रहरीको भावना, आकाङ्क्षा र आवश्यकताअनुसार काम गर्ने पनि उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक वासुदेव ओलीले सरकारको निर्देशनलाई शिरोधार्य गर्दै नयाँ नेपाल निर्माणमा सशस्त्र प्रहरी बल लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments: