News

Oct 17, 2008

एमाले राष्ट्रिय भेला राजधानीमा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा जारी नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा आज शुक्रबाकर महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनमागि छलफल हँदैछ । हिजोदेखि सुरु भएको भेलामा महासचिव खनालले माओवादीको उग्रवामपन्थी र काङ्ग्रेसको यथास्थितिवादी विचारका विरुद्धमा वैचारिक सङ्घर्ष गरी अघि बढ्ने उद्घोष गरिएको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।सात समूहमा विभाजित भेलामा सहभागीहरुले महासचिवको प्रतिवेदन र पार्टीका विषयमा आआफ्नो धारणा राख्ने एमाले नेता अमृतकुमार बोहोराले जानकारी दिनुभयो । भेलामा विभिन्न राजनीतिक प्रस्तावहरु लगिने र फागुनमा हुने महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्ने एमालेले जनाएको छ ।

No comments: