News

Oct 15, 2008

कांग्रेसलाई वर्तमान सरकारमा सहभागि गराउनुपर्ने आफ्नो धारणा - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसलाई वर्तमान सरकारमा सहभागि गराउनुपर्ने आफ्नो धारणा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः दाहोर्‍याएका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराउनुपर्ने बिचार दोहोर्‍याएका छन् । दशैंको उपलक्षमा असोज २९ गते एमालेले आयोजना गरेको चियापन कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार संचालन र संविधान निर्माणका लागि सरकारमा नेपाली कांग्रेसको सहभागिता आवश्यक रहेको उल्लेख गरे । 'शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउनु, संविधान निर्माण गर्नु र मुलुकको आर्थिक बिकाश गर्नु मुलुकको अहिलेको लक्ष हो' प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले चियापानमा सेना समायोजनका लागि तिहारअघि नै बिशेष समिति बनिसक्ने पनि जानकारी दिए । बहुदलीय प्रतिस्पर्धालाई आफ्नो पार्टीले स्विकारिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धा स्विकार्नु भनेको संसदीय ब्यवस्था मान्नु नभएको पनि तर्क गरे । चियापानका अर्का अतिथि नेपाली कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको सरकारमा जाने योजना नभएको बताए । आगामी डेढ वर्षमा संविधान निर्माण हुनुपर्ने उल्लेख गर्दै कोइरालाले अर्को निर्वाचनपछि बन्ने सरकारलाई सत्ता हस्तान्तरण नगर्दासम्म वर्तमान सरकार पनि अन्तरिम नै हुने दावी गरे । एमाले केन्द्रीय कार्यलयमा जारी चियापान कार्यक्रममा राजनीतिक नेता तथा कार्यकर्ता, कुटनीतिज्ञ तथा बिभिन्न क्षेत्रका बिशिष्ठ र र्सवसाधारणको ठूलो संख्यामा उपस्थिति छ ।

No comments: